web analytics

लालझाडीका सबै वडामा एमालेकाे एकै साथ सम्पर्क कार्यालय उद्घाटन

 

लाल बहादुर एस.के.
कञ्चनपुर , कार्तिक १६ 
नेकपा एमालेले कञ्चनपुरकाे लालझाडी गाउँपालिकाकाे सबै वडामा एकै साथ चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेकाे छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार तारालामा तामाङ्ग र प्रदेश सभा सदस्यका उम्मेदवार वीर बहादुर थापाले लालझाडीका छ वटै वडामा सम्पर्क कार्यालयकाे उद्घाटन गरेका छन ।

नेकपा एमालेले कञ्चनपुरमा चुनावी प्रचारप्रसार लाई तिब्रता दिएकाे छ । सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री समेत भईसकेका तारालामा तामाङ यस चुनावमा प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन । नेपाल एकीकृत समाजवादी पार्टीमा रहदा मन्त्री बनेका हुन । तामाङ मन्त्री भएको छोटो समयमा उल्लेख बजेट पार्न सफल भएका नेता हुन । त्यसैगरी, नेकपा एमालेका नेता वीर बहादुर थापा चुनावी नतिजा आफ्नाे पक्षमा पार्न घरदैलाेमा व्यस्त छन । तत्कालीन माओवादी द्वन्दकालदेखि लामो समय माओवादी पार्टीमा रहेर राजनीति गरेका थापा नेकपा एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपापछी एमालेमै रहेने निर्णय गरेका नेता हुन ।
तत्कालीन नेकपा पार्टी फुट्दा अध्यक्ष ओलिलाई साथ दिएका नेता थापा यसपटक प्रदेशसभा सदस्यका उम्मेदवार छन ।

कार्यालय उद्घाटन गर्दै विकासप्रेमी नेतालाई जनताले चिनेको हुँदा आफ्नो जित सुनिश्चित भएको नेता तामाङले बताए ।
उद्घाटन कार्यक्रममा बाेल्दै थापाले जनता आफ्नाे पक्षमा रहेकाे र यस क्षेत्रकाे समग्र विकासका लागि आफु जस्ताे सुकै चुनाैतीकाे सामना गर्न पछि नहट्ने बताए । तत्काल ठूलो समस्याको रुपमा देखापरेको दोदा नदी कटानकाे समस्या समाधान गर्न तटवन्धकाे कार्यक्रम तत्काल ल्याउने थापाले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.