नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरकाे विस्तारित बैठक सम्पन्न
लाल बहादुर एस.के.
कञ्चनपुर, कार्तिक १७ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरकाे विस्तारित बैठक बुधबार सम्पन्न भएको छ ।
बैठकले बिभिन्न निर्णय समेत गरेकाे छ । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागी मुक्ति समाज नेपालले कंचनपुर जिल्ला अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य भारमल सुनार संयोजकत्त्वमा २५१ सदस्यीय मुल निर्वाचन परिचालन तथा प्रचारप्रसार कमिटि गठन गरेकाे छ । कंचनपुर जिल्ला भित्र रहेका सम्पूर्ण केन्द्रिय कमिटी सदस्य, केन्द्रिय सल्लाहकार तथा केन्द्रिय बिभाग एवं केन्द्रिय निकायका सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु,प्रदेश सल्लाहकार सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सल्लाहकार सदस्यहरु, स्थानीय पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु रहने गरी मुल निर्वाचन परिचालन तथा प्रचारप्रसार कमिटी गठन ।
अाउदाे १८ गते महेन्द्रनगरमा हुने अामसभामा पार्टीका अध्यक्ष तथा सम्माननिय पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि अाउने भएपछि भातृ संगठन सक्रिय बनेकाे छ । केपी अाेलीले सम्बोधन गर्ने कार्यक्रमका लागि कंचनपुर को चुनावी सभा सफल पार्न मुक्ति समाज नेपालको तर्फबाट ९ वटै पालिका बाट सक्रिय सहभागीताका लागी प्रचारप्रसार तथा व्यानर सहित धेरै भन्दा धेरै सहभागि गराउने निर्णय गरेकाे छ । त्यसैगरी आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु लाई प्रचारप्रसार तथा चुनावी कार्यक्रममा सहयोग हुने गरि आर्थिक संकलन तथा व्यवस्थापन गर्ने ।
आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीका प्रत्यक्ष तथा समानुपातिक तर्फका आधिकारिक उम्मेदवारहरुको पक्षमा ३ वटा संघिय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा ब्यापक प्रचारप्रसार तथा नेकपा एमालेको पक्षमा जनमत श्रृजना गर्ने ।
मङ्सिर ४ मा सम्पन्न हुने निर्वाचन सम्बन्धि कार्यक्रममा “मुक्ति समाज नेपाल” सङ्ग सम्बद्ध संगठनका नेताकार्यकर्ता हरुको भुमिका र क्रियाकलापको अनुगमन तथा निर्देशनका लागि केन्द्रिय लेखा आयोगका अध्यक्ष नर बहादुर बिश्वकर्मा को संयोजकत्त्वमा स्थायी कमिटी सदस्य कृष्ण सुनार र संगठनका पुर्व उपाध्यक्ष हिरासिंह सार्की सदस्य रहने गरि ३ सदस्यीय अनुगमन तथा निर्देशन कमिटी गठन गर्ने निर्णय गरेकोे छ ।
हाम्रो गौरवमयी पार्टी नेकपा एमाले ले संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष कमरेड हिरासिंह सार्की लाई समानुपातिक तर्फ प्रदेश सभा सदस्यर उम्मेदवार र संगठनकी केन्द्रिय सदस्य कमरेड लक्ष्मी बिक लाई समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा अगाडि सारेकोमा पार्टी प्रति हार्दिक आभार व्यक्त गर्दै उम्मेदवार कमरेडहरु लाई औपचारिक रूपमा हार्दिक बधाई तथा शुभकामना र सम्मान सहित सानदार विजयीको अग्रिम शुभकामना व्यक्त गरेको छ ।
साथै पार्टी जिल्ला कमिटी उपाध्यक्ष कमरेड लक्ष्मी बुढा (समानुपातिक तर्फ प्रदेश सभा सदस्य उम्मेदवार) लाई पनि सम्मानका साथ बधाई तथा विजयीको अग्रिम शुभकामना सहित बैठक सम्पन्न भएको छ ।
बैठक सम्पन्न गर्न भुमिका निर्वाह गर्ने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै पार्टीको तर्फबाट कंचनपुर जिल्लाका ३ वटा निर्वाचन क्षेत्रका सम्पूर्ण प्रत्यक्ष तथा समानुपातिक सदस्यका उम्मेदवार कमरेड हरुलाइ सानदार विजयीको अग्रिम शुभकामना सहित संगठनका सम्पुर्ण नेताकार्यकर्ता कमरेडहरु लाई आ-आफ्नो क्षेत्रमा पार्टी सङ्ग समन्वय गरि चुनावी कार्यक्रममा लाग्न समेत हार्दिकतापुर्वक भारमल सुनारले अनुरोध गरेका छन ।
Comments are closed.