पुनर्वासको पैसट्ठी विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला लाग्ने
कञ्चनपुर, २० कार्तिक ।
पुनर्वास आईबिआरडीको पैसट्ठि विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला-२०७९ लाग्ने भएको छ । भोलि र पर्सी अर्थात कार्तिक २१ र २२ गते सञ्चालन हुन गईरहेको उक्त मेलाको आयोजना न्यू भानु युवा क्लब, पुनर्वास ५ ले गर्न लागेको हो । । मेलामा सांस्कृतिक कार्यक्रम तथा देउडा प्रस्तुति रहने आयोजकले जनाएको छ ।
साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड
प्रस्तुति रहने भगवती मन्दिर मूल समितिका सदस्य तथा अभियन्ता हिमेश थापाले बताएका छ्न । साँस्कृतिक कार्यक्रममा हाँस्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङ, अछामी रेखा सहित स्थानीय कलाकार र सन्तोष अवस्थी नेतृत्वको द फङ्की डान्स एण्ड जुम्बा स्टुडियो समेत प्रस्तुति रहने बताईएको छ ।



Comments are closed.