पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
काठमाडौं/आज भएको पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।
अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको हो । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको हो।
नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे। सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन्। अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।



Comments are closed.