फोहोरमैला ब्यबस्थापनमा योजनाबद्द कार्य गर्दै पुनर्वास नगरपालिका !
लाल बहादुर एस.के २८ मंसिर, कंचनपुर पुनर्वास नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि योजनाबद्द तरिकाले कार्य शुरु गरेको छ। बजार क्षेत्रलाई सफा र स्वच्छ राख्ने अभियान चलाएको नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग गरेको छ ।
एक कार्यक्रमका बिच नगर उपप्रमुख भुलिया रानाले आइबीआरडी बजार व्यवस्थापन समितिलाई फोहर व्यवस्थापनमा सहयोग पुगोस् भनेर ३० देखी ५० किलोसम्म फोहोर अट्ने ६० ओटा डस्टविन हस्तान्तरण गर्नुभएको हो। बजार ब्यबस्थापन समिती कि उपाध्यक्ष सुकमाया मुक्तान,उद्योग वाणीज्य संघका महासचिव लक्ष्मण थापा लगायत अन्य बजार व्यावसायि समेतको उपस्थितिमा डस्टविन हस्तान्टरण गर्नुभएको हो ।
फोहरमैलाको उचित व्यावस्थापन गर्न नगरपालिका सदैव तयार रहेको बताउदै डस्ट्बिनको उचित सदुपयोग गर्न बजार ब्यबस्थापन समितिले प्रत्यक्ष सहयोग गर्न उप-प्रमुख रानाले अनुरोध गर्नु भएको छ।
स्थानिय नगर वरपर फोहरमैला व्यावस्थापनमा बजार व्यवस्थापन समितिले कार्य गर्दै आएको अवगत गराउदै नगरबाट प्राप्त भएको डस्टविनहरुले फोहरमैला व्यावस्थापनमा थप सहजता र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने बजार व्यवस्थापन समिति उपाध्यक्ष सुकमाया मोक्तानले बताइन् ।
सरसफाइमा सहयोग पु¥याउने डस्टविन वितरण गर्ने काम राम्रो भएको बताउँदै स्थानीयले प्रशंसा गरेका छन् ।




Comments are closed.