बेलौरीमा पुष ११ बाट तेश्रो कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव लाग्ने
कञ्चनपुर/कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा ‘कृषि पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ।
बेलौरी नगरपालिका–४ स्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको संस्थाले महोत्सव आयोजना गर्न लागेको हो।
बेलौरी खुलामञ्चमा यहीँ पुष ११ देखि २० गतेसम्म महोत्सव लाग्ने भएको छ।
महोत्सवमा विशेषगरी थारु समुदायका मौलिक परिकारदेखि कृषि उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ। महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारलाई बोलाइने आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सवमा १५० वटा स्टलको व्यवस्था गरिएको छ।
महोत्सव हेर्न आउनेहरुका लागि १ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।




Comments are closed.