web analytics

प्रतिभा बहुमुखी सहकारी संस्था २५ औं साधारणसभा सम्पन्न

कञ्चनपुर । नगरपालिका वडानम्बर ६ स्थित कार्यालयबाट सेवा दिइरहेको पुनर्वासको प्रतिष्ठित प्रतिभा बहुमुखी सहकारी संस्थाले आइतबार २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट नवनिर्वाचित सांसद वीर बहादुर थापा(पातल)को प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियोभने संस्थाका अध्यक्ष विश्वनाथ विष्ट कार्यक्रमका सभापति हुनुभएको थियो । कार्यक्रममा उद्योगबाणिज्य संघका प्रतिनिधि देखि पुर्व नगरप्रमुख जिवनराज थापा सम्मको उपस्थिति रहेको थियो ।

संस्थामा २२९ जना शेयर सदस्य छन । वडा नम्बर ६ को वडा कार्यालय भवनमा सम्पन्न कार्यक्रममा ५ करोड ११ लाख ३१ हजार १४६.९१ पैसा बराबरको आय विवरण पेश गरिएको थियो । १ करोड २० लाख ४० हजार ४२६.२९ पैसा बराबरको व्यय विवरणसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै सांसद थापाले सहकारीले आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । उनले सहकारीका माध्यमबाट स्थानीय तहलाई समृद्ध बनाउन निकै ठुलो भुमिका खेल्ने बताउदै संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.