मनकारी बिनाेद र सुरेशले गरे विद्यालयलाई आर्थिक सहयाेग
लाल बहादुर एस.के.
पुनर्वास । बैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका ५ ग गाउँका बिनाेद जेठारा र माेतीबस्तीका सुरेश सार्कीले सरस्वती माध्यमिक विद्यालयलाई खेल सामाग्री खरिदका लागि अार्थिक सहयाेग गरेका छन ।
बिनाेद र सुरेशले पुनर्वास न.पा. २ माेतिबस्तीमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई दश हजार दश हजारका दरले बीस हजार सहयाेग गरेका हुन । पन्ध्राैँ राष्ट्रपति रनिङ शिल्ड कपको तयारीका लागि खेल सामाग्री खरिदका लागि सहयाेग गरेका हुन । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बिनाेद जेठारा र माेतिबस्तीका ब्यापारी सुरेश सार्कीले सहयाेग हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले जानकारी गराउनु भयाे । विद्यालयको आर्थिक अवस्था कमजोर भएको कारण युवा अरुले खेलकुद सामग्री खरिद गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले सहयाेग प्रदान गरिएको जेठारा बताउछन ।
विद्यालयकाे अवस्था पहिला भन्दा अहिले ससधार हुदै गएकाे विद्यालयले जनाएको छ । भाैतिक संरचना र शैक्षिक गुणस्तरमा सुधार भएपछि विद्यार्थीकाे आकर्षण पनि बढ्दै गएकाे छ । यस विद्यालयमा ९ सय ७५ जना विद्यार्थी रहेका छन । बालबालिकालाई खेलकुदको सामाग्री खरिदका लागि आर्थिक सहयोग गरेकाेमा बिद्यालयका ब्यवस्थापक समितिका अध्यक्ष गगन सुनारले वैदेशिक रोजगारीमा रहनुभएका विनोद जेठारा त्यस्तैगरी अर्का युवा व्यवसाय गर्दै आउनुभएका सार्की दुवै जनालाई धन्यवाद व्यक्त गर्नुभयो। बाल्यकालमा आफु अध्ययन गरेकाे विद्यालयलाई केहि सहयाेग गर्न पाउँदा आनन्द महशुस भएकाे युवा व्यवसाय सुरेश सार्कीले बताए ।



Comments are closed.