एसईई २०७९ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं/यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यही माघ ११ गते बसेको निर्णयअनुसार शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षा आउँदो चैत १७ गते शुक्रबारदेखि हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ। एसईई परीक्षा चैत२९ गते सकिनेछ ।
बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।



Comments are closed.