पुनर्वास अटो दुर्घटनाका एक घाइतेको निधन
पुनर्वास अटो दुर्घटनाका एक घाइतेको निधन
दिपेन्द्र बस्नेत ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
शनिबार बिहान अन्दाजी ८ बजेतिर धनगढीबाट पुनर्वासको आईबीआरडी तर्फ आइरहेको म.१ ह. ८२४ नम्बरको अटो दुर्घटना हुँदा अटोमा सवार एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको प्रहरीले जनाएको हो ।

कुहिरोका कारण सडकमा एक्कासी ढुङ्गा देखेपछि अटोलाई ठोक्किनबाट बचाउने क्रममा सवार रहेका हेटौंडा घर भएका २८ वर्षिय सरोज रिमालको उपचारका क्रममा माया मेट्रो हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।
अटोमा सवार महोत्तरी बर्दिबास ४ घर भएका २२ वर्षिय सुशील बुढाथोकी र रामेछाप घर भएकी १८ वर्षिय सबिना घिमिरे घाईते भएको र उनीहरु दुई जनाको खुट्टामा सामान्य चोट लागेकोले माया मेट्रो हस्पिटल धनगढीमा उपचारार्थ रहेको प्रहरी निरीक्षक मल्लले बताए ।
अटो मोहन्याल गाउँपालिका-२, कोल्तडी स्थायी घर भई धनगढी -८ क्याम्पस रोड बस्दै आएका ३२ वर्षीय रमेश देवकोटाले चलाएका थिए । अटोमा चालक सहित चार जना सवार थिए ।
सवार तीन जना सोल्भ एण्ड केयर नामक मार्केटिङ कम्पनी काठमाडौबाट पौष १९ गतेबाट मार्केटिङका लागि सुदुरपश्चिममा आएको घाईते सुशिल बुढाथोकीले बताए ।
अटोबाट पुनर्वासमा अहिले सम्म थुप्रै व्यक्तिहरुले ज्यान गुमाईसके पनि अटो चालक सचेत नहुदा घटनाहरु घट्ने क्रम बढिरहेको देखिन्छ ।




Comments are closed.