बेलौरीमा २६ माघदेखि दोस्रो बेलौरी महोत्सव आयोजना हुने
कञ्चनपुर/ बेलौरीको खुला मञ्चमा २६ माघदेखी ८ फागुनसम्म दोस्रो बेलौरी महोत्सव आयोजना हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुन लागेको हो ।
बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवम बेलौरी नगरपालिकाको सह-आयोजनामा महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
बेलौरी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत महोत्सव आयोजना गर्न लागेको घोषणा गरेको छ । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।उनले बेलौरी बजार स्थापना भएको ५०औँ स्वर्ण अवसरमा समेत मेला संचालन गर्न खोजेका समेत बताए ।
यस अघि बेलौरी उद्योग वाणिज्य संघले ०७५सालमा पहिलो पटक प्रथम बेलौरी महोत्सव आयोजना गरेको थियो ।




Comments are closed.