पुर्नवासमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
-लाल बहादुर एसके,
पुनर्वास /माघ २४
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । मंगलबार पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । पुनर्वास नगरपालिकाको आयोजना हुने १३औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले उद्घाटन गर्दै खेलकुदले राष्ट्रको विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि प्रदेश सभा सदस्यद्वय बीर बहादुर थापा(पातल) र दिवान सिह विष्टले खेलकुदको विकासका लागि प्रदेशबाट आवश्यक योजना ल्याउने बताए । पुनर्वास नगरका प्रमुख तोयप्रसाद शर्माले प्रतियोगितामा नगरका विभिन्न २० विद्यालयको सहभागिता रहेको बताए । नगर प्रमुख शर्माले पुनर्वासबाट छनौट भएका विद्यार्थी खेलाडीले जिल्ला, प्रदेश र केन्द्रमा उत्कृष्ठ प्रर्दशनमा विश्वास व्यक्त गरेका छन ।
कार्यक्रम संचालक पुनर्वास नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज भट्टले गरेको कार्यक्रममा स्वागत मन्तव्य श्री सरस्वती माविका प्रअ जितेन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।



Comments are closed.