web analytics

अष्ट्रेलियाको ब्रिसवनमा चलचित्र ‘राधा’ प्रदर्शन हुँदै

ब्रिसवन । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘राधा’ अष्ट्रेलियाको ब्रिसवन शहरमा प्रदर्शन हुँदै छ । १२ फेब्रुअरी बेलुका ६ बजे आइतबारका दिन ब्रिसवनको न्यु फर्म स्थित फाइभ स्टार सिनेमा हलमा चलचित्रको प्रदर्शन हुने भएको हो ।

‘राधा’ नेपालमा निकै चर्चा कमाएको चलचित्र हो। निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा नायिका सृष्टि श्रेष्ठसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ।

बिक्रम डि जोशीको निर्माण रहेको फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्।

‘मलामी’ ‘सुनगाभा’ जस्ता उत्कृष्ट फिल्म बनाएका सुवर्णले ‘राधा’ बाट राम्रो समीक्षा पाएका छन । सिड्नी र मेलबर्नमा दर्शकहरूकबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई ब्रिसवन शहरमा समेत देखाउन लागिएको हो ।

केही अलग र फरक कथा बस्तुमा आधारित राधा चलचित्र महिला शसक्तिकरणको एउटा ज्वलन्त उदाहरणका रुपमा रहेको देखिन्छ ।
एउटी साधारण गाउँले महिलाको निष्ठा र प्रेमलाई निर्देशक थापाले जसरी उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन् त्यसमा नायिका श्रृष्टि श्रेष्ठले उत्तीकै सहज र अब्बल रूपमा आफूलाई प्रस्तुत गरेर फिल्मलाई न्याय दिएकी छन्।

सुरूबाटैदेखिनै क्रमशः दर्शकलाई बाँधेर राखेको फिल्मले गुमराहमा राख्दै आँशुको भेलमा आरोह र अबरोहमा अगाडि बढेको चलचित्र अन्तिम केहि मिनेट मात्र संयोगान्त पाटोमा समापन हुन्छ।

निर्देशक थापाले नेपाली सामाजिक परिवेशलाई गहिराइबाटै खोजेर एउटा विवश नारीको पतिनिष्ठा र प्रेमलाई राधामा उजिल्याउन खोजेका छन्।

चलचित्र प्रदर्शन हुने चलचित्र हलको ठेगाना :

SECRETS UNVEIL AT
701 BRUNSWICK ST NEW FARM, BRISBANE
FIVE STARS CINEMAS
12 FEBRUARY, 2023
बेलुका ६ बजे ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.