web analytics

पुनर्वासमा प्रहरीद्वारा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना

कञ्चनपुर, २७ माघ ।
पुनर्वासमा प्रहरीले जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पुनर्वासको विभिन्न १० स्थानमा अपराध नियन्त्रणका लागि जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको हो ।
समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिका वडानम्बर ६ अन्तर्गत १० स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको हो ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सहकार्य तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ को पहलमा वडानम्बर ६ प्रतिभानगर टाउन बजार चोक, वडा कार्यालय प्राङ्गण , त्रिभुवनबस्ती स्वास्थ्य चौकी चोक , जीवनज्योति मावि , पुनर्वास जनता मावि , जनता क्याम्पस , ईलाका प्रशासन कार्यालय , छिमेकी भारतीय बजार मिलनबजार जाने बाटो , सिमावर्ति गाउँ धौलागिरी टोल गरि १० स्थानमा उक्त होर्डिङ बोर्ड स्थापना गरिएको छ ।
‘लागू औषध रहित स्वस्थ र सभ्य समाजको निर्माण गरी
कानूनद्वारा निषेध गरिएका कार्यहरु
गाँजाको खेती उत्पादन तथा तैयारी गरि खरिद तथा बिक्रिवितरण , निकासी वा पैठारी , ओसारपसार गर्ने सञ्चय गर्ने वा सेवन गर्न, अफिम वा कोकाको खेती गर्ने वा अफिम या कोकोको पात वा अन्य लागू औषध उत्पादन गर्ने , लागू औषधको निर्माण वा तैयारी गर्ने, लागु औषध विक्री वितरण गर्ने , लगायत कानुन द्वारा निषेध गरिएको बिषय हरू उक्त होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
लागु औषध सम्बन्धि अपराध भइरहेको छ भने तुरुन्त प्रहरीलाई खबर गरौ उक्त होर्डिङ बोर्डमा अनुरोध समेत गरिएको छ ।
उल्लेखित बिषय संगै बढ्दो सवारी दुर्घटना , साईवर अपराध , मानव बेचबिखन , घरेलुु हिंसा बालबिबाह , बहु बिबाह , आत्महत्या , लागु औषध लगायत उक्त जनचेतनामूलक बिषय होर्डिङ बोर्डमा उल्लेख गरिएको छ ।
यस्ता क्रियाकलाप भएमा अभिभावकहरुले अपनाउनु पर्ने उपायहरू समेत उल्लेख गरिएको छ ।
छोराछोरीको हरेक क्रियाकलाप, साथीभाई, विद्यालय समय बाहेक अरुबेला समय व्यतित गर्ने ठाउँबारे जानकारी लिने , खेलकुद, कला र सांगितिक एवं रचनात्मक कार्यक्रममा बढी व्यस्त बनाउने छोराछोरीहरुलाई गलत साथीहरुको संगतमा पर्न नदिने ,
छोराछोरीलाई लागू औषध र यसको असरबारे जानकारी गराउने । बेला-बेलामा विद्यालयमा गई आफ्नो बालबालिकाको पढाई र अतिरिक्त क्रियाकलापहरु बारे बुझ्ने , छोरोछोरीसंग प्रर्याप्त समय विताउने र विचारहरुको आदान-प्रदान गर्ने उक्त होर्डिङ बोर्डमा उल्लेख गरिएको छ । भविस्यमा नगरपालिका को सबै वडाहरूमा उक्त जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका निरिक्षक नरेशराज मल्लले बताएका छन ।
वडाध्यक्ष मित्र सिंह लामा, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रमुख नरेशराज मल्ल , जनप्रतिनिधि ,
समाजसेवी , प्रहरी , पत्रकार लगायतको उपस्थितिमा उक्त होर्डिङ बोर्डहरू स्थापना गरिएको थियोे ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.