web analytics

पुनर्वासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न,जीवनज्याेती मा.वि. प्रथम स्थान ल्याउन सफल

कञ्चनपुर,२८ माघ ।
पुनर्वासमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सनिवार सम्पन्न भएको छ । गत माघ २४ गते सुरु भएको सो प्रतियोगितामा जीवनज्योती मा.वि. पुनर्वास ६ ले प्रथम स्थान ल्याउन सफल भएको छ ।
जीवनज्याेती मावि ११ स्वर्ण,९ रजत र ५ काँस्य सहित कुल २५ पदक सहित प्रथम भएकाे छ । त्यसैगरी आयोजक विद्यालय सरस्वती मा.वि. पुनर्वास २ ले ६ स्वर्ण, ६ रजत र ११ काँस्य सहित कुल २३ पदक सहित दोस्रो भएको छ भने पुनर्वास ८ को बागीश्वरी मा.वि. ५ स्वर्ण, ८ रजत र ८ काँस्य सहित २१ पदक प्राप्त गरि तेस्रो स्थान ल्याउन सफल भएको छ । सरस्वती मा.वि. मोती बस्तीको प्राङ्गणमा आयोजना गरीएको सो
प्रतियोगितामा सामुदायिक र निजी विद्यालय गरी १९ विद्यालयहरुले सहभागिता जनाएका थिए ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.