web analytics

अभियान लघुवित्तद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण

बाँके/फाल्गुन ३
अभियान लघुवित्तिय संस्थाको शाखा कार्यालय हवल्दारपुर , बाँकेले मङ्गलबार मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । कोहलपुर न.पा.५, साझा चोक, बाँकेका ३२बर्षिय टीकाराम लामिछानेको मृत्यु भएकोमा उनकी श्रीमती समिक्षा गौतम लाई बीमा बापत दुई लाख साठी रुपैयाँ प्रदान गरेको हो ।
मृतक लामिछानेको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती समिक्षा गौतम लाई अभियान पुरुष समुह केन्द्र न. २० का सदस्य एवम केन्द्र संचालक रक्षा चौधरी , मीन बहादुर चौधरी कर्मचारीको उपस्थितीमा शाखा प्रमुख जनकबहादुर ताम्राकारले ग्राहक सदस्य कै घरमा पुगी रकम प्रदान गरेका हुन् ।
केन्द्रिय कार्यालय पनौती ४, काभ्रेपलान्चोक रहेको राष्ट्रियस्तरको अभियान लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.