बेलौरीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
कञ्चनपुर, ९ फागुन ।
बेलौरीमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर खेलकुद समितिको आयोजनामा हिजो सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय जबदियाको खेलमैदानमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । ९वटै पालिका टिमको सहभागितामा जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले उद्घाटन गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले पालिका स्तरबाट छनौट भई आएका खेलाडीविच जिल्ला स्तरमा छनौट गरेर प्रदेशमा पठाइने बताउनुभयो । प्रतियोगितामा एथलेटिक्स सहित भलिबल, कब्बडि , उसु, कराँते सहितका विद्यामा प्रतियोगिता हुने छ । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा प्रतियोगिता भएको थियो । उदघाटन कार्यक्रमको सञ्चालन ज्ञान साधना बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर चन्दले गर्नुभएको थियो।



Comments are closed.