अभियान लघुवित्त वित्तिय बाँसगढीद्वारा मृतक परिवारलाई बीमा रकम हस्तान्तरण
बर्दिया/फाल्गुन १६,
अभियान लघुवित्त वित्तियको शाखा कार्यालय बाँसगढी , बर्दियाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । बासगढी नपा ५,बासगढी, बर्दियाका ४४ बर्षिय शिव प्रसाद तिमल्सेनाको मृत्यु भएकोमा उनकी श्रीमती सरस्वती तिमल्सेनालाई बीमा बापत तिन लाख पचास हजार रुपैयाँ प्रदान गरेको हो । मृतक तिमल्सेनाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती सरस्वती तिमल्सेनालाई अभियान केन्द्र न १० का सदस्य एवम बाँसगढी शाखाका कर्मचारीको उपस्थितीमा शाखा प्रमुख दुर्गालाल बिश्वकर्माले कार्यालयमा रकम प्रदान गरेका हुन् ।केन्द्रिय कार्यालय पनौती ४, काभ्रेपलान्चोक रहेको राष्ट्रियस्तरको अभियान लघुबित्तले आफ्ना ग्राहक सदस्यहरुलाई सुत्केरी खर्च,काज कृया खर्च र कर्जा बीमा सम्बन्धि राहत प्रदान गर्दै आइरहेको छ ।



Comments are closed.