बेलौरीका सञ्चारकर्मी हिक्मत कुमार शाही सम्मानित
कञ्चनपुर,९ चैत ।
किसान बहुउद्देश्यीय सहकारी संस्था शाखा कार्यालय बेलौरीद्वारा संचारकर्मी हिक्मत कुमार शाही सम्मानित भएका छन् । लामो समय देखि रेडियो बेलौरीमा कार्यरत संचारकर्मी हिक्मत कुमार शाही सहकारी संस्थाको केन्द्र गोष्ठी २०७९ कार्यक्रमका दिन सम्मानित भएकाो सहकारीले जनाएको छ । शाहीले रेडियो पत्रकारीताबाट सहकारीको हकहितमा बुलन्द आवाज उठाउदै आम नागरिक र किसानलाई सूसुचित गरेको भन्दै सम्मानित गरेको जनाइएको छ । सम्मानित हुने पत्रकार शाहीले आफुलाई अमुल्य सम्मान र मायाको चिनो प्रदान गरेकोमा संस्था प्रति आभार प्रकट गर्दै यसले काम गर्न थप हौसला प्रदान भएको बताए । शाहीले जय सहकारी भन्दै शाखा प्रमुख बिरेन्द्र जैशीलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका छन्।



Comments are closed.