बेलौरीको वात्सल्य विद्या निकेतनद्वारा क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान
कञ्चनपुर, १७ चैत्र ।
कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्या निकेतनले विहीबार नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ।
बिहीबार विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा सुदूरपश्चिमबाट नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु हुने राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरी र भीम सार्की जोन्टी रहेका छन्। उनीहरूलाई विद्यालयले मायाको चिनो सहित नगद रु ४०/४० हजारका दरले सम्मान गरेको छ । त्यस्तै सुदूरपश्चिमकै राष्ट्रिय खेलाडी सन्दिप जोरालाई पनि सम्मान स्वरुप रु २० हजार नगद प्रदान गरिएको छ।



Comments are closed.