web analytics

पुनर्वासमा ६६ औं सहकारी दिवस भव्यताका साथ मनाइयो

-लालबहादुर एस.के.
कञ्चनपुर/ पुनर्वास नगरपालिकामा सोमबार भव्यताका साथ सहकारी दिवस मनाईएको छ।
पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा पुनर्वास सहकारी समन्वय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहकारी समन्वय समितिका अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्मा रहनु भएको थियो भने विशिष्ठ अथितिमा पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया कुमारी राना रहनुभएको थियो भने त्यस्तैगरि केन्द्रिय दुग्ध सहकारी संघका सदस्य भरत बिष्ट,अतिथिमा असनगणमा एकदेखि एघार वडाका अध्यक्ष रहनु भएको थियो भने अतिथि पुनर्वास नगरपालिका सुचना अधिकृत धौलराम सार्की रहनु भएको थियो । सो कार्यक्रमलाई स्वागत मन्तव्य समन्वय समितिका सदस्य तथा दुर्गा नेपाल सुनौलो महिला सहकारीकी अध्यक्ष ,सहकारी संस्थाले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले यस पालिकामा रहेको सहकारी संस्था लिलाई हुने समस्यमा पहिले देखि नै बुझाइरहेका छौं । त्यसैले आउँदा दिनमा सहकारी संस्थालाई कसरी अगाडि बढाउने भनी मा बाट हुने र पालिकाबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। कार्यक्रममा पुनर्वासमा रहेका सहकारीकर्मीको सहभागी रहेको थियो कार्यक्रम लाई समन्वय समितिका सचिव एक कुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.