web analytics

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटी अध्यक्षमा गणेश बहादुर खडका चयन

कञ्चनपुर, वैशाख ६
नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटी अध्यक्षमा गणेश बहादुर खडका चयन हुनुभएको छ ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटीको मंगलबार सम्पन्न पहिलो नगर अधिवेशनले खडकालाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा महेश्वरी मल्ल, सचीवमा भानदेव भट्ट, कोषाध्यक्षमा ललित राना, सहसचीवमा जानकी रावल चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा अनिता चौधरी,धन बहादुर सायर, कल्पना चौधरी , मनिषा बुढा लगायतको नौ सदस्यीय समिति चयन भएको बताईएको छ । उदघाटन सत्र स्थानीय सम्राट होटलमा भएको थियो भने बन्द सत्र पुनर्वास ३ स्थीत जनकल्याण मा.वि. आईबिआरडीमा सम्पन्न भएको थियोे ।
कार्यवाहक जिल्ला अध्यक्ष लाल बहादुर शाहीको अध्यक्षता तथा केन्द्रिय सदस्य रामनारायण कंडेलको प्रमुख आथित्यमा महाधिवेशन सम्पन्न भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.