web analytics

मोडल शिरीष गौतम र इन्दिरा केसीको अभिनयमा नयाँ नेपाली म्युजिक भिडियो ‘तिम्रो माया’ सार्वजनिक

कञ्चनपुर, ३ बैशाख ।
जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका मोडल शिरीष गौतम र मोडल इन्दिरा केसीको अभिनय रहेको नयाँ नेपाली म्युजिक भिडियो “तिम्रो माया “८ सार्वजनिक भएको छ।

गीतमा प्रेमिल भावनालाई गहिरो ढंगले अभिव्यक्त गरिएको छ। “देवता विनाको मन्दिर र तिमी विनाको जीवन”, “सुगन्ध विनाको फूल र तिमी विनाको जीवन” जस्ता शब्दहरूले गीतको आत्मालाई प्रभावशाली बनाएका छन्।

जापानका हिउँले ढाकिएका रमणीय स्थलहरूमा छायांकन गरिएको भिडियो दृश्यात्मक रूपमा निकै आकर्षक देखिन्छ। भिडियो हेर्दा बलिउडको कुनै रोमान्टिक चलचित्रको झल्को दिने खालको अनुभूति हुने दर्शकहरूले बताएका छन्।

उक्त म्युजिक भिडियोमा स्वर सुमन केसी र दीपा लामाको रहेको छ भने शब्द लेखनमा किशोर पोखरेल, संगीतमा रमेश अञ्जन कडरिया र संगीत संयोजनमा सुमन केसीको योगदान रहेको छ। गिटार र ब्याक म्युजिक सञ्जीव बराइलीले गरेका छन् भने बाँसुरीमा रत्नले साथ दिएका छन्।

द पिक स्टुडियोमा रेकर्ड गरिएको गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। भिडियोको छायांकन तथा निर्देशन गोविन्द बिष्टले गरेका छन् भने सम्पादन र कलर ग्रेडिङ विकास ज्ञवालीको रहेको छ।

भिडियो जापानस्थित GMS Music & Films को प्रस्तुति हो, जसमा मेकअप कलाकारको रूपमा अञ्जु पौडेलको पनि योगदान रहेको छ।
कला र सिर्जनामा समर्पित नेपालीहरू विदेशमा रहेर पनि संगीत क्षेत्रमा योगदान दिइरहेका उदाहरण स्वरूप ‘तिम्रो माया’ म्युजिक भिडियो एक सशक्त उदाहरण बनेको छ।
हेर्नुस भिडियो..

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.