web analytics

आज बैशाख छ गतेपनी आन्दोलन जारी रहने महासंघ अध्यक्षको भनाइ

काठमाडौ, ६ बैशाख ।
आज बैशाख ६ गतेपनी आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी गराउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै हिजो अर्थात् बैशाख ५ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई हार्दिक आभार व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले हिजो राती प्रधानमन्त्री सभामुखलाई भेटेको र हिजोको भेटमा आफुहरुले दृढता र शिष्टतापूर्वक सम्पूर्ण शिक्षकको माग सम्प्रेषण गरेको जनाउनुभएको छ । उहाँले समग्र परिस्थितिको मूल्याङकन गरी अझै आन्दोलनको मोर्चामा डटीरहनु पर्ने अवस्था रहेको समेत बताउनुभएको छ ।
उहाँले आन्दोलन जारी रहेको र सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउन सबै शिक्षकवर्गलाई आग्रह गर्नुभएको छ । उहाँले आफूहरु एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएको नभएर विगतका सहमती सम्बोधन हुने अग्रगामी ऐन नै आफुहरुको लक्ष्य रहेको र आजको विरोध सभामा हिजो भएको भेट बारे सबै कुरा साथीहरु बिच राखिने साथै परिस्थितिको समग्र मूल्याङ्कनकालागि तहगत छलफलहरु गरिने समेत जिकिर गर्नुभएको छ । उहाँले आफुहरुले हिजोका दिनमा पाएको उपलब्धि आन्दोलनको बलमा पाएको तथा अबको उपलब्धि पनि आन्दोलनकै बलमा पाउने बताउँदै सबै साथीलाई मर्यादित, संयमित र अनुशासित भएर आन्दोलनको मोर्चामा डटिहरन आग्रह गर्नुभएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.