पुनर्वास:बाईसी बिचवा खानेपानी योजनाको पुर्व मन्त्री मगरद्वारा बिधिवत उद्घाटन

-धनबहादुर बिक
पुनर्वास ०६ बैशाख।
बाईसीबिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो बार्षिक साधारणसभा तथा योजना उद्घाटन भएको छ । नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगरले बाईसी बिचवा खानेपानी तथा सरसफाइ योजना को शुक्रबार एक कार्यक्रम बिच उद्घाटन गर्नुभएको छ।४ बर्ष अघि २०७८ माघदेखि सञ्चालनमा आएको बाईसी बिचवा खानेपानीको बिधिवत उद्घाटन पुर्व खानेपानी मन्त्री विना मगरले गर्दै खानेपानीको बार्षिक साधारणसभालाई सम्बोधनका क्रममा नेकपा माओवादी नेत्रि विना मगरले बाईसी बिचवा खानेपानी तथा सरसफाइ उपभोक्ता सञ्चालक समितिले वास्तवमै राम्रो काम गर्दै आएको बताउनुभयो।जनताले आफैंले आफ्ना लागि काम गरेर आफैंले उपभोग गर्ने यो नितिले सामाजिक रूपमा महत्त्वपूर्ण योगदान को कार्य गरेको छ भने सरकारलाई जिम्मेवार समेत बनाएको पुर्व मन्त्री मगरले औँल्याउँदै जसले गर्दा जनता संग प्रत्यक्ष भावनात्मक सम्बन्ध जोडने काम गरेको बताउँदै आफ्नो कार्यकालमा देशैभरि करिब ४०/४१ हजार खानेपानी योजना सञ्चालनमा आईसकेकोमा १ लाख बढी सर्वसाधारण ले कर्मचारीको रूपमा प्रत्यक्ष रोजगारीको वातावरण सृजना भएको नेत्री मगरले बताउनुभयो। कार्यक्रममा संस्थाका सचिव बिष्णु बहादुर बिकले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । आर्थिक बर्ष ०८१/०८२ मा संस्थाले १४ लाख ८१ हजार ७७५ रूपैया आमदानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।करिब ५ करोड ३४ लाख लागतमा २ लाख २५ हजार लिटर क्षमताको निर्माण भएको खानेपानी बाट हाल ७२५ घरधुरिलाई शुद्ध खानेपानी वितरण गरिदै आएकोमा निकट भबिस्यमा २५ सय घरधुरी लाई वितरण गर्ने योजना रहेको सचिवको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
निकट भबिस्यमा २५ सय उपभोक्तालाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको जनाउदै २ लाख २५ हजार लिटर क्षमताको अर्को खानेपानी ओभरहेड ट्याङ्की आवस्यकता रहेको तथा सोहिअनुसार को पाईपलाईन बिछाउनुपर्ने , सोलार बत्ती , सभाहल , शौचालय , फर्निचर लगायत आवस्यकता रहेको ज्ञापनपत्र पुर्व मन्त्री विना मगरलाई अध्यक्ष लगायत सञ्चालक समितिले पेश गरेको छ।समितिले पेश गरेको मागलाई नेपाल सरकार समक्ष पेश गरि समितिको मागलाई पूरा गर्न आफुले पहल गर्ने मन्त्री मगरले प्रतिबद्धता व्यक्त गर्नुभयो।
“शुद्ध पानी खाउ स्वस्थ्य रहौ”भन्ने भनाईका साथ खानेपानी संस्थाका अध्यक्ष गोपाल काफ्लेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार का पुर्व खानेपानी मन्त्री विना मगर, पुनर्वास नगरपालिका पुर्व मेयर जीवनराज थापा,समाजसेवी भक्तबहादुर अधिकारी , पुनर्वास नगरपालिका प्रवक्ता तथा वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल , वडा नम्बर १० का अध्यक्ष सुकदेव राना विशिष्ट अतिथि रहेका थिए थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बाईसी बिचवा खानेपानी तथा सरसफाइ योजना ले गरेको योजना रचनात्मक रहेको बताउदै शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा खानेपानी संस्था लाई प्रत्यक्ष अपर्त्यक्ष रूपले सहयोग पुर्याउने विभिन्न समाजसेवी बुद्धिजीवी हरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। संस्थाका उपाध्यक्ष बौद्ध लामाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु बिकले गरेका थिए ।
Comments are closed.