पुनर्वासमा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न
कञ्चनपुर, ३० वैशाख ।
पुनर्वासमा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ ।
पुनर्वास-२ दशरथ बस्ती स्थीत
पल उर्ग्यान छोईलिङ गुम्बाको आयोजनामा २५६९ औं राष्ट्रिय बुद्ध जयन्ती भव्य एवं सभ्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा नगरका बौद्ध अनुयायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, वयोवृद्ध नागरिकहरू तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व सिङलाल घिसिङले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा सहभागी थिए। विशिष्ट अतिथिका रूपमा नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष भीमलाल मोक्तान र केन्द्रिय सदस्य कविराम तामाङको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य गुम्बाका सचिव भक्त बहादुर डिम्डुङले प्रस्तुत गरेका थिए।
बुद्ध जयन्तीको अवसरमा ८० वर्षमाथिका वयोवृद्ध नागरिकहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख शर्माले वैशाख शुक्ल पूर्णिमालाई अत्यन्त महत्वपूर्ण तिथिका रूपमा वर्णन गर्दै बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै दिन परेको दुर्लभ संयोग भएको बताए। उनले बुद्ध नेपालमा जन्मिए तापनि हामी नेपालीले अहिंसा र शान्तिका प्रवर्तकलाई पर्याप्त रूपमा चिन्न नसकेको बताउँदै यसप्रति गहिरो चासो आवश्यक रहेको धारणा राखे।
विशिष्ट अतिथि भीमलाल मोक्तानले बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूका लागि श्रद्धा र भक्तिको विशेष दिन भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा मनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको दौरान परम्परागत शैलीअनुसार लामा धर्मगुरुहरूले पूजा, प्रवचन, मोलम पाठ, बुद्ध भजन तथा साँझ दीपावली गरी बुद्ध जयन्तीलाई भक्तिपूर्वक सम्पन्न गरिएको थियोे । त्यसैगरी शान्ति र्यालीको समेत आयोजना गरिएको थियो ।
त्यसैगरी, मञ्जुश्री गुम्बा पुनर्वास–४ जनक बस्तीले पनि २५६९ औं बुद्ध जयन्तीको अवसरमा गुम्बा परिक्रमा एवं शान्ति र्यालीको आयोजना गर्दै दिवसलाई भव्य रूपमा मनाएको छ।




Comments are closed.