web analytics

सात दिने व्यक्तित्व विकास  तथा नेतृत्व विकास  ताालिम सम्प्पन्न । 

कृष्ण बुढा
बर्दििया, माघ २८

कृष्ण बा बुढा

बर्दिया /बर्दियाको बासँगढी नगरपालिकामा चलेको सात दिने तालिम सम्पन्न भएको छ । बाँसगढी युवा मञ्च,युराशिया रेयुकाई ११ औँ शाखा र प्रयास नेपालको आयोजनामा सञ्चालन गरिएको सात दिने व्यक्तित्व विकास,नेतृत्व विकास र उद्घोषण तालिम समापन भएको हो । मगंलबार आयोजना गरिएको समापन कार्यक्रमको उद्घाटन बाँसगढी नगरपालिकाका उप–प्रमुख शुष्मा चौधरीले ब्यानर पढेर गरेकी थिइन् ।कार्यक्रममा स्वागत मन्तव्य प्रयास नेपालका सचिव विवेक न्यौपानेले राखेका थिए ।

       उक्त अवसरमा बोल्दै उप–प्रमुख चौधरीले नेतृत्व विकास हरेक व्यक्तिमा हुनुपर्ने बताइन् । उनका अनुसार समाजको अगुवाई युवाहरुले गर्ने हो त्यसैले हरेक युवा समाज परिवर्तनको लागि अग्रसर हुनुपर्छ । उनले बाँसगढी नगरपलिकाले विशेष गरेर अहिले संविधानमा नै उल्लेख गरेको नागरिकहरुको गाँस बाँस कपास तथा शिक्षाको काम गरिरहेको बताइन् । उक्त अवसरमा बोल्दै सहायक प्रमुख जिल्लदा अधिकारी माधव प्रसाद शर्माले उद्घोषण व्यक्तिको सीप र प्रतिभा भएको बताए ।

उनका अनुसार बोल्ने र नेतृत्व गर्ने कला युवामा हुनैपर्छ । बाँसगढी युवा मन्चका अध्यक्ष मदन भण्डारीले युवाहरु देश विकासको मरुदण्ड भएको बताए । उनले युवाहरुमा बोल्ने र नेतृत्व गर्ने क्षमता हुनैपर्ने उनको भनाइ थियो । युवाहरु रहेक कुुरामा पोख्त हुनु पर्नेमा उनले जोड दिए । तालिम समापनको क्रममा सहभागीहरुको तर्फबाट समेत केहीले आफ्ना धारण राखेका थिए । तालिम अवधिभर आफूले धेरै कुरा सिकेको सहभागी गंगा देवकोटाले बताइएकी थिइन् ।

     उनले आफूले तालिमको अवधिमा धेरै कुरा सिकेको जानकारी दिए ।सहभागी देवकोटाका अनुसार तालिममा सिकेका कुरा आफ्नो जीवनमा लागु गरिनेछ । उक्त कार्यक्रममा वडा अध्यक्ष युवा नेतृत्व उपसमितिका अध्यक्ष जित बहादुर रोकाय युव नेता धुर्व थापा र इन्स्पेक्टर वीरेन्द्र सिंह थापाकोउपस्थिति थियो ।समापनको क्रममा सात दिने व्यक्तित्व विकास, नेतृत्व विकास र उद्घोषण तालिममा सहभागी भइ तालिम भएका प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.