web analytics

पुनर्वासका युवा भारतमा हराए, समाचार शेयर गरि खोजी कार्यमा मद्दत गर्न आग्रह

कञ्चनपुर, ३० माघ ।
पुर्नवास नगरपालिका २ ईटाभट्टी बस्ने बहादुरे बयाडीकाे एक्लो छाेरा शेरबहादुर बयाडी(२० वर्ष) भारतमा हराएका छन ।
भारतको चेन्नईबाट गत माघ २३ बेलुकी १० बजे नेपाल आउनका लागि बयाडी तामिलनाडु एक्सप्रेस नामक रेलमा चढेका थिए । आन्ध्र प्रदेशको गंटुरु स्टेशनमा आईपुगेपछी साेहि रात २ बजेतिर टिटिसंग सामान्य वादविवाद भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चेन्नईस्थित नेपाली समाजसेवी पदम पुजाराले बताएका छ्न ।
समान्य अवस्थामा चेन्नईबाट नेपालको पुनर्वास पुग्न तीन दिन लाग्ने भएपनी हप्ता दिन बित्दा छोरा घर नपुगेपछी आमाबुबा चिन्तित बनेका छ्न ।
भारतको रेलवे प्रहरी तथा नेपाली संघसंस्थाको सहयोग लिएर खोजी कार्य भईरहेको समाजसेवी पुजाराले बताए ।
तस्वीरमा देखिएका हराईरहेका व्यक्तिलाई कसैले देखेमा नेपाली संघ संस्था अथवा पुलिस स्टेसनमा खबर गरीदिन तथा व्यक्ति फेला परेमा तल दिइएका माेबाइल नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छ्न । साथै यो समाचारलाई शेयर गरि बढिभन्दा बढी व्यक्ति समक्ष पुरयाई सहयोग गरीदिन पीडित परिवारले सबैलाई आग्रह गरेका छ्न ।
राम बहादुर खाती +917845003255
पदम पुजारा 9884428544

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.