web analytics

नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशद्वारा भागरथीलाई न्याय दिलाउन सरकारसँग माग

धनगढी । बैतडी दोगडा केदार गाउँपालीकामा भएको भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही र पिडीतलाई न्यायको माग नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशले गरेको छ । नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको छलफलका क्रममा सहभागीहरुले सरकारले भागरथीको हत्यारालाई पहिचान गरी कार्वाही गर्नुपर्ने बताएका हुन् ।
हत्या भएको एक साता बितेपनी सरकारले कुनै वास्ता नगरेको र केवल राजनितीक स्वार्थ मात्रै देखाएकाले यसका विरुद्ध नेपाल परिवार दल लाग्ने सुदुरपश्चिम प्रदेश संयोजक खडक नागरीले बताए । यसका लागी परिवार दलले भागरथीको न्यायको लागी आफुहरु पनी आवाज उठाउने बताएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.