पुनर्वासको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर, ३० माघ । पुनर्वास नगरपालिका १० स्थित फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा प्रथम आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता २०७७ सम्पन्न भएको छ । शुक्रबार सोही विद्यालयको प्राङ्गणमा उदघाटन तथा सम्पन्न भएको प्रतियोगितालाई पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले उदघाटन गर्नुभएको थियोे । प्रतियोगितामा श्री शारदा राष्ट्रिय माध्यमिक विद्यालय नौरङ्गा लालझाडी -१ विजेता तथा उपविजेता श्री विजय मावि पुनर्वास -१० भएको थियोे । प्रतियोगिताको विजेताले ११ हजार १ सय ११ र उपविजेताले ६ हजार ६ सय ६६ साथमा ट्रफी तथा मेडल प्राप्त गरेका थिए। सर्वाधिक गोलकर्ताले भने १ हजार ५ सय ५५ प्राप्त गरेका थिए । पुनर्वास,लालझाडी र धनगढीका सोह्र विद्यालयले भाग लिएको सो प्रतियोगितामा आठ कक्षा सम्मका बालबालिकाले भाग लिएका थिए ।
प्रतियोगिताको श्री सरस्वती पुस्तक पसल धनगढी कैलाली मुख्य प्रायोजक र रिदम फलसिलिङ्ग उद्योग धनगढी सह-प्रायोजक रहेको थियोे । श्री शिद्ददेवी ट्रेडर्स पुनर्वास १० ले ट्रफी तथा मेडलको प्रायोजन गरेको थियोे भने श्री प्रशान्त ईलेक्ट्रोनिक्स पुनर्वास १० ले सर्बाधिक गोलकर्ताको पुरस्कार प्रायोजन गरेको थियोे । यस्तै श्री बिष्ट ग्रिल उद्योग पुनर्वास १० ले अन्य पुरस्कारको प्रायोजन गरेको थियोे ।
Comments are closed.