web analytics

शिक्षक संघद्वारा कञ्चनपुरमा शैक्षिक संस्था बन्दको आह्वान

कञ्चनपुर । नेपाल शिक्षक संघले आज (बुधबार) कञ्चनपुरका शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ । महाकाली माविका शिक्षक मधुविलास ढुंगानालाई प्रहरीले पक्राउ गरेको विरोधमा शिक्षक संघले एक दिन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
शिक्षकहरु कक्षा कोठामा निर्धक्क जाने वातावरण नबने थप संघर्षका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिँदै शिक्षक संघका अध्यक्ष गणेशबहादुर चन्द र सचिव नविनसिंह धामीद्वारा जारी विज्ञप्तिमा एक दिन सांकेतिक विरोधका लागि जिल्लाभरीका सम्पूर्ण विद्यालयहरु पठनपाठन बन्दको आह्वान गरिएको उल्लेख छ ।
शिक्षक संघले ढुंगानाविरुद्ध झुठा मुद्दा लगाएर फसाउन खोजेको दाबी गरेको छ । उनलाई फागुन ६ गते इलाका प्रहरी कार्यालय बेलौरीले विद्यालयबाटै पक्राउ गरेको थियो । शिक्षक ढुंगानामाथि सोही स्कुलको बालिकामाथी यौन दुर्ववहारको आरोप लागेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.