web analytics

नक्कली नोट काण्डमा निर्दोष प्रमाणित भएपछि पुनर्वासका रमेश खाती रिहा

-हरीलाल जोशी
कञ्चनपुर /१८ फागुन ।
नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका पुनर्वासका मेडिकल सञ्चालक रमेश खाती रिहा भएका छ्न ।
भारतको उत्तरप्रदेश खजुरीयाबाट नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका खाती अदालतबाट रिहा भएका हुन । उनी गत
माघ २३ गते पक्राउ परेका थिए । उनी पुनर्वास ६ स्थीत जेडी क्लिनिकका सञ्चालक हुन ।
उनीसँगै पक्राउ परेका अर्का काठमाडौं महानगरपालिका–१४,बौद्ध बस्ने बिष्णु भट्ट पनि रिहा भएको बेलडाँडी प्रहरीले बताए ।
काम बिशेषले भारतीय बजार खजुरीयामा गएका बेला एक जना चिनजानकै भारतीय नागरिकसँग उसैको घरमा बसेको अवस्थामा भारतीय प्रहरी आएको र प्रहरी देख्ने बित्तिकै उनीहरु फरार भएपछि आफुहरुलाई भारतीय जनपद प्रहरीले पक्राउ गरेको मेडिकल सञ्चालक खातीले बताए ।
उनले आफुसँग भएको १७ हजार नेपाली रकम पनि भारतीय प्रहरीले लगेपनि सो रकम भने सार्वजनिक नगरेको बताए ।
उनीबाट बरामद गरिएको एक हजारको एक थान र पाँच सयका दुई थान नोट नक्कली भनि प्रहरीले सुरुमा सुचना प्रवाह गरेको भएपनि पछि नेपाल राष्ट्र बैंकले सो नोट सक्कली नै भएको प्रमाणित गरेपछि खाती र भट्टलाई अदालतले रिहा गरेको हो ।
नक्कली नोटको आरोपमा २४ दिन सम्म खाती र भट्टलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी प्रहरीले आफ्नो हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.