web analytics

पुनर्वासको खुल्ला सीमा दीर्घकालीन समाधान नभए बजार बन्द गर्दै नगरपालिका घेराउ गर्ने सम्मको चेतावनी

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थिति पुनर्वास उद्योग बाणिज्य संघले यस नगर क्षेत्रको खुल्ला सीमा दीर्घकालीन समाधान गर्न नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउदा समेत वेवास्ता गरेको भन्दै बजार बन्द गर्ने देखि नगरपालिका कार्यालय घेराउ सम्मको निर्णय गरेको छ । बुधबार उद्योग बाणिज्य संघले उद्योगी व्यापारीहरुसंगको छलफल पछी सो निर्णय गरेको हो । पहिला यस निर्णय लिएर नगरपालिकामा डेलिगेसन जाने, त्यसले नभए बजार बन्द गरि नगरपालिका घेराउ गर्ने सम्मको कार्यक्रम रहेको पुनर्वास उद्योग बाणिज्य संघले बताएको छ ।

फाइल फोटो ।

व्यापारीको हक हितको लागि कार्य गर्ने संस्था भनेर चिनिएको उद्योग बाणिज्य संघले खुल्ला सीमा व्यवस्थापनमा स्थानीय सरकार र स्थानीय प्रशासन नै सक्रिय हुनुपर्ने बताउदै आएको छ । उद्योग बाणिज्य संघ पुनर्वासका पदाधिकारीहरुले सीमा क्षेत्रबाट बेलाबेला अवैध आयातनिर्यात भैरहेका सामान पक्राउ गरि प्रहरीलाई बुझाउदै आएको छ ।

पुनर्वासमा भारतसंग जोड्ने दर्जनौं खुल्ला नाकाहरु छन । जहाँ नाका व्यवस्थापनमा सरोकारवालाहरु गैरजिम्मेवार बनिदिँदा तस्करहरु मालामाल बनिरहेका छन । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बसेता पनि उनीहरुकै मिलेमतोमा अवैध तस्करी हुने गरेको स्थानीय बताउछन ।

निर्णय गरिएको पत्रको फोटो ।

स्थानीय सरकारले नै प्रहरीसंग उचित समन्वय गर्न नसकेकाले खुल्ला सीमा व्यवस्थापन हुन नसकेको स्थानीय व्यापारीहरु बताउछन । भारतसंग सीमा जोडिएका सबै जिल्लाहरुमा यस्तो समस्या देखिएको भएता पनि स्थानीय सरकार गठन भएयता धेरै जिल्लाहरुमा स्थानीय सरकारले अवैध तस्करी, चोरी निकासी, राजस्व छली जस्ता कार्यहरुमा केहि कमि आएको देखिन्छ तर कञ्चनपुरको दक्षिणी क्षेत्रमा भने यस खुल्ला सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबारीहरु मालामाल भैरहेका छनभने स्थानीय व्यापारीको व्यापार चौपट भैरहेको छ ।

भारतबाट कुखुरा, अन्डा, तेल, पेयपदार्थ लगायतका खाद्यान्न अवैध आयात हुने गरेको छ । भारतबाट अवैध रुपमा आयात हुने खाद्यान्न अवैध मात्र नभएर गुणस्तरीय समेत नहुने स्थानीय व्यापारी बताउछन । खुल्ला सीमा नाकाबाट भन्सारी छली गरि हार्डवयर्सका सामान, लत्ताकपडा, विद्युतका सामान, विद्युत उपकरण देखि विभिन्न सामान भित्रने गरेको पाइन्छभने लागुऔसतको कारोबार समेत हुने गरेको स्थानीय बताउछन ।

भारतबाट कुखुरा अण्डा नेपाल आईरहदा स्थानीय कुखुरा फर्म सञ्चालन गरिरहेका व्यापारी मर्कामा परिरहेका छन । भन्सार गरेर आएको सामान अलिक महंगो पर्ने तथा नेपाल मै उत्पादन भएका सामान गुणस्तरीय सहित अलिक महंगो पर्ने हुँदा स्थानीय उपभोक्ताहरु सस्तोको चक्करमा गुणस्तरहीन भारतिय सामान उपभोग गर्ने गरेको स्थानीय व्यापारी बताउछन । अवैध रुपमा नेपाल भित्रने खाद्यान्न उपभोग गर्न समेत नमिल्ने सम्मको पाइने गरेको छ ।

यसरी खुल्ला सीमा हुँदै नेपाल भित्रने सामानले स्थानीय उपभोक्ताको स्वास्थमा गम्भीर असर पारिरहेको छभने स्थानीय व्यापारीको व्यापार बन्द हुने स्थितिमा पुर्‍याएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.