web analytics

पुनर्वासको जनकल्याण मा.वि.मा नेपाल प्रहरीद्वारा चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न 

 

कञ्चनपुर, १९ फागुन ।

पुनर्वास नगरपालिका ३ स्थित जनकल्याण मा.वि.मा नेपाल प्रहरीले शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विषयक चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

“हर प्रहर,गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नारा सहित अस्थायी प्रहरी चौकी आईबिआरडी,कञ्चनपुरको आयोजनामा सम्पन्न सो कार्यक्रम समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको हो । अस्थायी प्रहरी चौकी आईबिआरडी कञ्चनपुरका ईञ्चार्ज असई बिष्णुसिंह धामीले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालय,क्याम्पस वा सार्वजनिक स्थानमा अभद्र व्यवहारहरु गर्ने वा हैरानी दिने कार्य सामाजिक विकृति मात्र नभई दण्डनीय अपराध भएको तथा व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउनुका साथै मनोविज्ञानमा नकारात्मक असर पारी गम्भीर दुर्घटनाहरु समेत निम्त्याउन सक्ने भएकाले यस्ता अभद्र व्यवहार र हैरानीका कार्यहरू नगर्न, नसहन तथा हुन नदिन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताईएको थियोे ।

विद्यालयमा कसैलाई अभद्र व्यवहार र हैरानी, हातपात र गाली बेईज्जत गर्ने अफवाह फैल्याउने, लैङ्गिक पहिचान वा अन्य कारणलाई जोडेर हाँसो वा मजाकको पात्र बनाउने, मानसिक यातना दिने र ईन्टरनेट र सामाजिक सञ्जालको माध्यमबाट बेईज्जत गर्ने वा धम्क्याउने कार्य गैरकानुनी भएकाले कसैले यस्तो कार्य गरेमा सजायँको भागीदार बन्नुपर्ने ईञ्चार्ज धामीले बताए ।

ईञ्चार्ज धामीले यदि कसैले यस्तो अपराध गरेमा वा गराएमा एक वर्ष सम्मको जेल कैद र दस हजार सम्म जरिवाना गरीने तथा ईन्टरनेट र सामाजिक सञ्जालको माध्यमबाट सोही अपराध गरेमा पाँच वर्ष सम्म कैद तथा एक लाखसम्म जरिवाना गरीने जानकारी गराए ।

इञ्चार्ज धामिले अभद्र व्यवहार तथा हैरानीमा परेमा अभिभावक,विद्यालय प्रशासनलाई भन्न, हिंसामा परेका साथीहरूको पक्षमा उभिन,हिंसालाई रोक्ने प्रयासमा लाग्न, आत्मबल बलियो पार्दै हिंसाको विरुद्ध आवाज उठाउन तथा प्रहरीलाई १०० नम्बरमा खबर गर्न समेत सबैलाई सुझाव दिए ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.