प्रेमीलाई भेट्न जाँदा ढिलो भएपछि अपहरणको नाटक गरेको खुलासा
कञ्चनपुर, १ चैत ।
पुनर्वास नगरपालिका २ मा गत शुक्रबार अज्ञात समूहद्वारा अपहरण र बलात्कार भएको घटना झुठो सावित भएको छ ।
प्रेमीलाई भेट्न जाँदा ढिलो भएपछि अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकाले साँझ डटपेन किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफु अपहरणमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेको जानकारी दिए ।
घटना केरकारका क्रममा उनले आफु कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छन् । घरफर्किदा अबेर भएको हुँदा घरमा मम्मीको डरले झुटो बोलेको बयान गरिन् । उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसंग कुराकानी मात्रै गरेको बताएकी छिन् ।
स्वास्थ्य परीक्षण रिपोर्ट पश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।झुटको कहानी लामो भएको बताउदैं प्रहरी निरीक्षक बिष्टले बालिका यस अघी पनी उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।
बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । बालिकाका प्रेमी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । अनुसन्धानका लागि प्रेमी प्रहरीको नियन्त्रणमा छन् ।




Comments are closed.