web analytics

पुनर्वासमा बालिकामाथि सामुहिक बलात्कार

कञ्चनपुर, २९ फागुन ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । शुक्रबार साँझ १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार भएको हो । होमवर्क गरिरहेकी पूनर्वास नगरपालिका २ मोतिबस्तीकी बालिका डटपेन किन्छु भनेर नजिकैको पसल गएकी थिईन ।

उनी अबेरसम्म घर नफर्किएपछि घर परिवार र स्थानीयले खोजेका थिए । केही घण्टामै बालिका घरदेखिको केही पर फेला परेसंगै उनीमाथी सामुहिक बलात्कार भएको ठहर गरिएको छ । यद्यपी मेडिकल रिर्पोट भने आएको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले पेनकिन्छु भन्दै घरबाट हिडेकी बालिकाले मोटरसाईकलमा आएका दुई तीन जनाले समातेर लगेर लछारपछाड गरेको बताएकी छिन ।

‘बालिकाको प्रारम्भिक बयानबाट बलात्कार भएको आशंकाले हामीले मेडिकल रिर्पोटका लागि उनको सेती अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छौँ, ‘प्रवक्ता थापाले भने, ‘के बालिकाले कुरा लुकाईरहेकी छिन, घटनाको प्रकृतिले बलात्कार वा करणी गर्न खोजिएको देखिन्छ ।’ घटना बारे सुक्ष्म अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता थापाले बताए । ‘घटना बारे हामी अनुसन्धानकै क्रममा छौँ, ‘उनले भने, ‘मेडिकल रिर्पोटले थप हामीलाई गाईड गर्छ ।’ घटनाको अधिकारकर्मीले भत्र्सना गरेका छन ।

कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले पेन किन्न हिडेकी बालिकामाथि सामुहिक बलात्कार हुन दुखत निन्दनिय काम भएकाले घटनामा संलग्नमाथि कार्बाहीको माग अघि सारिन् । अधिवक्ता कौसिल्या ओझाले उमेर नपुगेकाले सहमती नाबालिकासंग सहमती लिएर पनि यौन सम्पर्क गर्न नपाईने बताउदै उनले अपराध भएको बताईन । ‘नाबालिकाको हकमा बालिकाको सहमती वा अनुमति ललाईफाई गरेपछि यो अपराध नै हुनजान्छ, ‘अधिवक्ता ओझाले भनिन, ‘यस्तो गम्भिर प्रकृतिका अपराध क्षम्य हुदैन ।’ घटनाको चौतर्फि भत्र्सना गरिदै बालिका, किशोरी र महिलालाई बलात्कारीबाट सुरक्षित रहन आग्रह गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.