web analytics

मुख्यमन्त्री भट्ट पुनर्वास पुगे ! सरकारबाट बिदा हुने अन्तिम अवस्थामा सडक निर्माणको प्रतिबद्धता

कञ्चनपुर । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट आज कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेका छन । विकासे कामलाई महत्त्व दिन नसकेको आरोप खेप्ने गरेका मुख्यमन्त्री भट्टलाई प्रदेश सभा सदस्य तारालामा तामाङको पहलमा उनलाई पुनर्वास ल्याइएको हो ।

उनलाई पुनर्वास नगरपालिकाको वडा नम्बर ४ हुँदै वडा नम्बर ६,७,८ र ९ सम्म जोड्ने मुख्य सडकको प्रदेश सरकारको बजेटमा निर्माण गर्नका लागि अनुगमन गराउन बोलाइएको हो । यो सडक यसअघि एसएनआरडिपि नामक एक आयोजना अन्तर्गत सडकको स्तरोन्नति गर्ने काम भएपनी सडक कालोपत्रे नहुँदा सडक पुनः जिर्ण बनेको छ ।

नेकपा एकता भएसंगै माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बनेका भट्ट नेकपा एकता भंग भएसंगै उनको पद समेत धरापमा छ । केन्द्रमा माओवादी केन्द्रले एमाले सरकारलाइ दिएको समर्थन फिर्ता नलिँदा सम्मलाई टिकिरहेको मुख्यमन्त्री भट्टको पद कुन बेला खुस्कने हो भन्न सकिन्न ! यसैबीच मुख्यमन्त्री भट्टले भने आफ्नो सरकारले यस सडक निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका छन ।

आगामी वडा नम्बर ४ को कोटिहोम देखि वडा नम्बर ९ को बिचफाँटा सम्म सडकको लम्बाइ १९ किलोमिटर छ । पुनर्वासका ५ वटा वडालाई जोड्दै बेलौरी नगरपालिकालाई समेत जोड्ने यस सडक विना पुनर्वास नगरपालिकाको विकास अधुरो छ । पुनर्वास नगरपालिकालागि यति महत्त्वपूर्ण रहेको यस सडक निर्माणमा स्थानीय नेतृत्वले पहल चाल्नु निकै सकारात्मक रहेको स्थानीयले प्रतिक्रिया दिएका छन ।

पुर्वखानेपानी मन्त्री वीना मगर समेत यस सडक निर्माणका लागि सकारात्मक बनेकी छन । तथापि पुर्वमन्त्री मगरले यस सडक निर्माणका लागि भरपुर बल गरेको भए अहिलेसम्म यस सडक बनिसक्ने स्थानीय बताउछन ।

पुनर्वास नगरपालिकाले यस सडकको कालोपत्रेको माग गर्दै केन्द्र सडकसंग पटकपटक डेलिगेसन गएपनी सरकारको प्राथमिकताका नपरेकै कारण यस सडकका लागि बजेट विनियोजन हुन सकेको छैन ।

३ बर्षे कार्यकालमा वास्ता नगरेका मुख्य मन्त्रीले पद नै धरापमा परिरहेका बेला यस सडक निर्माणका लागि बजेट छुट्याउछु भनेर प्रतिबद्धता जाहेर गरिरहंदा हाँस्यापद भएको स्थानीयहरुले अभिव्यक्ति दिन थालेका छन ।

स्थानीय नेता विश्वराज ढकालले फेसबुकमा राखेको फोटो सहितको स्टाटसमा स्थानीयद्वारा व्यक्त गरिएको कमेन्ट ।

चालू आर्थिक बर्षको बजेटमै यस सडक निर्माणको सुरुवात गर्न सक्ने सम्भावना निकै कम छ । “सुदुरपश्चिम प्रदेश सरकारले गत बर्ष नै योजनामा राखेका विकासका आयोजना समेत अहिलेसम्म काम सुरु गर्न नसकेको अवस्थामा आर्थिक बर्षको अन्त्यतिर धरापमा रहेको सरकारले सडक बनाउने सपना देखाउनु भनेको मनको लड्डु मात्र भएको पुनर्वास ८ का रामसिंह बताउछन ।”

स्थानीय नेता विश्वराज ढकालले फेसबुकमा राखेको फोटो सहितको स्टाटसमा स्थानीयद्वारा व्यक्त गरिएको कमेन्ट ।

“प्रदेश सरकारले तत्काल काम सुरु गराउनेमा हामी आशावादी छौं: वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बस्नेत बताउछन ।

पुनर्वासलाई धनगढी र बेलैरीसंग जोड्ने एकमात्र सडक हुलाकी राजमार्गको काम सरकारले ३० महिनामा काम सम्पन्न गर्ने लक्ष्यका साथ २०७३ सालमा शिलान्यास गरेकोमा ४ बर्ष बितिसक्दा समेत निर्माण कार्यले पुर्णाता पाउन सकेको छैन ।

स्थानीय नेता विश्वराज ढकालले फेसबुकमा राखेको फोटो सहितको स्टाटसमा स्थानीयद्वारा व्यक्त गरिएको कमेन्ट ।
Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.