web analytics

फोहोरले रंगियो पुनर्वास(फोटो फिचर)

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मुटु मानिने आईबिआरडि बजार छेउको ६५ बिगाहा क्षेत्रको फोहोरले पुनर्वासीको स्वास्थमा मात्र असर गरिरहेको छैन, बजारकै सौर्न्दर्यता बिगारिरहेको छ ।

पुनर्वासको ६५ बिगाहा क्षेत्र ।

आईबिआरडि बजारबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय व्यापारीले सो क्षेत्रलाई फोहोर फाल्ने डम्पिङ साइड बनाएका छन । समयको मागसंगै विशेष संरचना निर्माण गर्नका लागि भन्दै राष्ट्रिय आवास कम्पनीको नाममा राखिएको सो जमिनको सरसफाइमा सरोकारवाला निकायले चासो नदेखाकै कारण यस समस्या निम्तिएको स्थानीय बताउछन ।

पुनर्वासको ६५ बिगाहा क्षेत्र ।

सो क्षेत्रमा फोहोर फाल्न मनाही गरिएता पनि रातिमा ल्याएर छरपस्ट पारी चौरभरी फोहोर फाल्ने गरिएको स्थानीय नारायण भट्टराई बताउछन ।

पुनर्वास नगरपालिकाले नगरभित्रको फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्ने बारे पटकपटक छलफल नचलाएको भने होइन तर कामको प्रभावकारीता नहुँदा सो बिषय छलफलमै रहेको छ ।

व्यवस्थित डम्पिङ साइड नबन्दा समेत कुनै वैकल्पिक व्यवस्था नहुँदा ६५ बिगाहा फोहोरले रंगिएको हो । यहाँको फोहोर व्यवस्थापन गर्न कैयौंपटक आवाज उठ्ने गरेका छन । तर यस बिषयलाई सरोकारवाला निकायले वेवास्ता गरेकै कारण यस्तो भविगत भएको स्थानीय नेता बिष्णु प्रसाद अधिकारी बताउछन ।

फोहोर फाल्ने उचित ठाँउ नहुँदा स्थानीय व्यापारी बाध्य भएर सोही क्षेत्रमा फोहोर फाल्ने गरेको आइबिआरडिका एक व्यापारीले बताए ।

पुनर्वासको ६५ बिगाहा क्षेत्र ।
Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.