web analytics

पुनर्वास पुग्दा फुलमालाले स्वागत पाएका मुख्यमन्त्रीको सामाजिक सन्जालमा आलोचना !!

कञ्चनपुर । शुक्रबार सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पुनर्वास पुग्दा स्थानीय नेता तथा कार्यकर्ताले फुलमाला सहित स्वागत गरे तर मुख्यमन्त्री पुनर्वास पुगेको खबर जब सामाजिक सन्जालमा छायो त्यसपछि सुरुभयो आलोचना ।

फुलमाला सहित मुख्यमन्त्री भट्ट

प्रदेश सरकार गठन भएको ३ बर्ष सम्म कानमा तेल हालेर सुतेको प्रदेश सरकारका मुख्यमन्त्री सरकार ढल्नै लाग्दा पुनर्वास पुगे ! उनले पुनर्वासमा पुगेर यहाँको मेरुदण्डको रुपमा हेरिएको १९ किलोमिटर सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै विगत केहि बर्ष देखि भारतीय अतिक्रमणमा परेको नेपाली भुमि प्याराताल अवलोकन गर्न पुगे ।

यस आर्थिक बर्षमा सुरुवात गर्ने भनिएका महत्त्वपूर्ण योजनाहरु अलपत्र परेर बजेट समेत फ्रीज गरिरहेको प्रदेश सरकारले योजनामै नरहेको १९ किलोमीटर सडक तत्काल सुरु गराउछु भनी मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गर्दा स्थानीय खुसी हुन सकेनन् ! उल्टै आलोचनाको वर्षा गरे । शनिबारका दिन मुख्यमन्त्री भट्टको पुनर्वास पुग्नुलाई जनता झुक्याउने मुख्यमन्त्रीको रणनीतिका रुपमा बुझेका छन । प्रतिक्रिया दिने अधिकांशले मुख्यमन्त्रीको प्रतिबद्धताले खुशी हुने स्थान नदिएको बताएका छन ।

यस प्रसंगमा “समाचार विशेष” का सम्पादक हेमन्त न्यौपानेले लेखेको यो रिपोर्ट पढ्नुहोस ।यहाँ क्लिक गर्नुस् 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.