web analytics

भोलि खखडेहरा पर्वको अवसरमा सुदुरपश्चिम प्रदेशभरि सार्वजनिक बिदा

कञ्चनपुर, २२ चैत ।
सुदुरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ।
प्रदेश राजपत्रमा उल्लेखित विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।
प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णय अनसार सार्वजनिक बिदा दिइएको हो।
रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए।

Facebook Comments
Below Article Content Ads

Comments are closed.