महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक । महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन शनिबार पुनर्वासमा सम्पन्न भएको छ ।
पुनर्वास न्यु सम्राट रेष्टुरेन्ट मा अयोजित संघको भेलाले जनता ईटा उधोगका सञ्चालक कृष्णबहादुर तामाङ को अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा त्रिपुरा ईटा उधोगका जय बहादुर चन्द महासचिवमा नमुना ईटा उधोग का वेद प्रशाद अर्याल सचिवमा जगदम्बा ईटा उधोगका रमेश बिष्ट कोषाध्यक्षमा गणेश ईटा उधोगका दिपेन्द्र एेर निर्विरोध चयन भएका छन भने सदस्य हरूमा डम्बर भट्ट , जीवन जोशी , महेन्द्र सिंह बुडाल , शुरेस गजुरेल , बिमल बिक र तुलसि अर्याल रहेका छन ।
महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ ले अायोजना गरेको कार्यक्रममा प्रमुख अतिथि ईटा व्यवसायी महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शँकर बहादुर चन्द रहनुभएको थियोे भने कार्यक्रम का सभापति महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ का अध्यक्ष बलदेव सिंह वुडाल रहनुभएको थियोे । कार्यक्रम का बिशिस्ट अतिथि सुदूरपश्चिम प्रदेश ईटा व्यवसायी संघ संयोजक बिरबल बिस्वकर्मा , ईटा उधोग महासंघ महासचिव कृष्णप्रसाद अवाल , कोडनेटर इसीयु का विधा वनमाली , प्रमुख प्रशिक्षक तथा एफ एन बी टि का राजकुमार लाखेेमरू , मिनर्जी संस्था प्रतिनिधि उषा मानन्धर , सेती महाकाली ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाह , ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति का प्रहरी निरिक्षक कैलास सि्ह बिष्ट , जेष्ठ नागरिक पुनर्वास का उपाध्यक्ष पदम बहादुर थापालगायत रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका ईटा व्यवसायी महासंघ का केन्द्रीय उपाध्यक्ष शंकर बहादुर चन्दले महाकाली मा सञ्चालनमा रहेका करिब ८० ईटा उधोग मा एक लाख बढी कामदारले प्रत्येक्ष रोजगार पाएका छन थोरै भएपनि बेरोजगारी लाई रोजगारी दिने ईटा उधोगले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै अाएपनि सरकारले उधोगि व्यवसायी हरू लाई मुल्यांकन गर्नुको साटो उपेक्षा गर्दै अाएको बताए ।
ईटा उधोगले बेरोजगारी लाई रोजगार को वातावरण सृजना गरे पनि सरकारले उधोगिहरूको पक्षमा कुनै सुविधा दिन नसकेको उनले गुनासो गरे ।
देशैभरी सञ्चालनमा अाएका १२ सय ईटा उधोग मध्ये व्यवसायी महासंघ मन ८ सय ईटा उधोग अाबद्ध भईसकेको र २७ जिल्लामा उधोग सञ्चालनमा अाईसकेको वरिष्ठ उपाध्यक्ष चन्दले बताए ।
कार्यक्रममा सुदूरपश्चिम ईटा उधोग व्यवसायी महासंघ का संयोजक बिरबल बिस्वकर्माले सरकारलाई चर्को कर तिरेर फिक्स चिम्नि को अवधारणा लाई अवलम्बन गरि करोडौं लगानिमा उधोग सञ्चालन गर्न उधोगिहरूलाई कठिनाइ हुनेगरेको छ यद्यपि अबैधरूपमा सञ्चालित भुसे भट्टा हरू निर्वाद रूपमा सञ्चालनमा अाएपनि सरकारले प्रतिबन्ध गर्न नसक्नु निन्दनीय कार्य भएको बताए ।
हालसम्म फिक्स चिम्नि अवधारणा बाट चलाईएका ईटा उधोग लाई अब छिट्टै जिगज्याग प्रविधि बा चलाईने पनि उनले बताए । कार्यक्रममा बोल्ने अधिकांस ईटा उधोगिहरूले कच्चा पदार्थ खरिद , कामदार लाई दिईने ज्याला लगायत अन्य खर्चको अनुपातमा ईटा बिक्री मुल्यांकन गर्दा घाटाको कारोबार हुँदै अाएको बताए । संघले कञ्चनपुर मै कोईलाको डिपो स्थापना गर्नुपर्ने माग राखेका छन ।
कार्यक्रम को सञ्चालन कृष्णबहादुर तामाङले गरेका थिए ।
Comments are closed.