गाउँमा आएको चित्तल समातेर वन कर्मचारीलाई बुझाएपछि स्थानीयको प्रशंसा

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित ग गाउँमा कुकुरले लखेट्दै एक पोथी चित्तल गाउँमा ल्याएपछि स्थानीयले समातेर वन कर्मचारीको जिम्मा लगाएका छन । स्थानीयको घरपालुवा जनावर राख्ने गोठमा चित्तल पसेपछि स्थानीयले समाउन सफल भएका थिए । यसरी समातिएको चित्तल स्थानीय प्रहरी र स्थानीय बासिन्दाको रोहवरमा वन कर्मचारीलाई बुझाइएको छ ।

स्थानीय शिक्षक हेम थापाले आफ्नो फेसबुकमा फोटो सहितको स्टाटस लेख्दै सो कुराको जानकारी गराउनुभएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी सहायक निरीक्षक नर बहादुर धामीको रोहवरमा चित्तल वन कर्मचारीको जिम्मा लगाइएको छ ।
कुकुरले झम्टिएका कारण चित्तललाई केहि चोटपटक समेत लागेको शिक्षक हेम थापाले जानकारी गराउनुभएको छ । जंगलमा पाइने चित्तल यसरी प्रहरीको रोहवरमा वन कर्मचारीलाई बुझाउनु प्रसंशनिय कार्य हो भन्दै स्थानीयले प्रसंशा व्यक्त गरेका छन ।
Comments are closed.