वेदकोट नगरपालिकाका मेयरलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कञ्चनपुर,१९ बैशाख ।
वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएपनी मेयर चन्दको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताईएको छ ।
मेयर चन्द स्वयंले सामाजिक सन्जाल फेसबुकमा उक्त कुराको जानकारी गराएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको, सामान्य खोकी, जिउ दुख्ने गरेको र आफू आइसोलेसनमा बसेको जानकारी गराएका छ्न । यस बीचमा आफुसँग सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी र सजगता अपनाउन पनि मेयर चन्दले आग्रह गरेका छन ।
Comments are closed.