web analytics

पुनर्वास ९ शिव मन्दिर जग्गा प्रकरण: बदनाम गराउन पर्खाल भत्काएको आरोप लगाईयो

कञ्चनपुर, २६ बैशाख ।
पुनर्वास ९ सीता बस्तीस्थित शिव मन्दिर समितिले आफ्नो लालपुर्जावाला जमिनमा टिकका रुख काटेर पर्खाल लगाउँदा पनि आफुले नभत्काएको स्थानीय मानबहादुर खत्रीले बताएका छ्न । उनलाई शिव मन्दिर समितिले मन्दिरको पर्खाल भत्काएको आरोप लगाईरहँदा उनको यो भनाई आएको हो ।
आफूमाथि केहि व्यक्तिहरुले षड्यन्त्र गरीरहेको र विगत सैतिस बर्षदेखिको आफ्नो हकभोग रहेको जमिन हत्याउने दुष्प्रयास भईरहेको खत्रीको भनाई छ ।खत्री भन्छ्न”आफै बोक्सी,आफै धामी” भने जस्तो भयो, मलाई बदनाम गर्न उनीहरूले नै पर्खाल भत्काएका हुन। मेरो जमीनमा बनाईएको पर्खाल मैले भत्काउन चाहे दिउँसै भत्काउँथे, किन राती भत्काउने? ”
आफ्नो जमिनमा लगाईएको टिकका रुखहरु काटेको,आईमाई केटाकेटीलाई गालिगलौच र धम्कि दिएको उनले बताए । आफ्नो बुवा सन्यासी खत्री संस्थापक अध्यक्ष रहेको उक्त मन्दिरप्रति आफ्नो गहिरो श्रद्धा रहेको र मन्दिर निर्माणमा आफू र आफ्नो परिवारको योगदान रहेकाले पर्खाल भत्काउन त के कुरा सोच्न पनि नसक्ने खत्रीको भनाइ छ ।
सन्त समाज प्रवन्ध समिति ( शिव मन्दिर ) पुनर्वास ९ सितावस्ती को मातहतमा रहेको १० कट्टा जमिनमा पर्खाल लगाईएको छ । उक्त १० कट्ठा जमिनमध्ये पन्ध्र धुर जमिन आफ्नो रहेको स्थानीय मानबहादुर खत्रीले दाबी गर्दै आएका छ्न । आफूले साविक पुनर्वास कम्पनीबाट २०५४ सालमा उक्त जग्गा खरिद गरेको, खरिद गर्दा तत्कालीन मन्दिर समितिमा रहेका हरिबहादुर सुनार,न्याउले कामी,जयबहादुर टमट्टा,बसन्त सुनार सहितका व्यक्तिहरुको रोहवरमा खरिद गरेको,पैतिस दिने सूचना समेत जारी गरेको खत्रीले बताए । २०६१ सालसम्म त्यस जमिनमा घरबास रहेपनी संकटकालका कारण त्यहाबाट घरबास अन्यत्र सारेको खत्रीको भनाई छ ।
पुनर्वास नगरपालिकाबाट मन्दिरमा पर्खाल निर्माण कार्यका लागि ५ लाख विनियोजन गरीएको थियोे । मन्दिर परिसरमा पर्खाल निर्माण कार्य गत बैशाख ३ गते नगरप्रमुख जीवनराज थापाले सिलान्यास गरि प्रारम्भ गरेका थिए । निर्माण भईरहेको अवस्थामा गत बैशाख १९ गते राति र बैशाख २३ गते राती अज्ञात व्यक्तिहरुले पर्खाल भत्काएका थिए । सो कार्य पुनर्वास ९ सितावस्ती बस्ने मानबहादुर खत्रीले गरेको मन्दिर समितिले आरोप लगाउँदै आएको छ । समितिले अवैध रूपमा मन्दिरको नाममा फिल्ड बुक कायम भएको १० कट्टा जमीनबाट १५ धुर जमिन आफ्नो नाममा बनाएको भनी खत्री उपर आरोप लगाएको छ ।
२०३० सालमा पुनर्वास बसोबास समयमै गाउँलेहरूको पहलमा मन्दिरको लागि जग्गा छुट्याएको र २०५२ सालमा मन्दिरकै नाउँमा फिल्डबुक कायम भईसकेको उक्त जग्गा स्थानीय मानबहादुर खत्रीले जबरजस्ती अतिक्रमण गर्ने प्रयास गरीरहेको मन्दिर समितिका अध्यक्ष खडकबहादुर सुनारले बताए ।
अध्यक्ष सुनारले खत्रीलाई कडा कार्वाहीको माग समेत गरेका छन ।
तर मानबहादुर खत्री भने उक्त आरोपमा कुनै दम नभएको र प्रमाणहरु आफ्नो पक्षमा भएकाले आफु कानूनी उपचारमा जाने बताईरहेका छन । मन्दिरको जमीनको लालपुर्जा बन्नुभन्दा अघि नै आफ्नो जमिनको लालपुर्जा बनेको र आफ्नो जमीन माथि दावी गर्नु कुनै तुक नरहेको उनले बताए । त्यो जमिन छोडन विभिन्न प्रस्ताव आएपनी आफुलाई चित्त नबुझेको खत्रीको भनाई छ । खत्री गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.