web analytics

संवैधानिक परिषदको बैठक सम्पन्न, विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस

काठमाडौ । संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न संवैधानिक निकायका रिक्त पदमा पदाधिकारी सिफारिस गरेको छ।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना संलग्न बैठकले नियुक्तिको सिफारिस गरेको हो।

यद्यपी सिफारिसमा परेका पदाधिकारीको नाम भने सार्वजनिक गरिएको छैन। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाले बैठकले नियुक्तिको सिफारिस गरेको भए पनि नाम भने केही समयपछि सार्वजनिक गरिने बताए।

प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी हुने संवैधानिक परिषद्मा प्रतिनिधि सभाका सभामुख– उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुन्छन्। उपसभामुख रिक्त रहेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बैठकमा सहभागी हुन अस्वीकार गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले तीन जना पदाधिकारी सहभागी भए पनि बैठक बस्नसक्ने अध्यादेश ल्याएपछि त्यसैका आधारमा आज बिहान बैठक बसेको हो। यसअघि पनि यस्तै अध्यादेशमार्फत् बसेको बैठकले गरेका सिफारिसविरुद्ध सर्वोच्च अदालतमा सात वटा मुद्दा विचाराधीन छन्।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.