web analytics

कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटियो, सनाखत हुन सकेन

कञ्चनपुर, ८ जेठ ।
कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटिएको छ । सनिवार नामथर वतन खुल्न नआएको अन्दाजी ४०/४२ वर्षको पुरुषको शव भीमदत्त न.पा.वडा नं. १३ झोलुङ्गे पुल स्थित महाकाली नदिको पश्चिम पट्टि किनार (बगरमा) भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको
पुर्व टाउको पश्चिम खुट्टा भई नाङ्गो, घोप्टो अवस्थामा हिलो माटो लागी पानीले भिजी चाउरी परेको, लेउ लागेको अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीलाई अन्दाजी बिहान १०:०० बजेको समयमा सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अनुसन्धान टोली खटि गई घटनास्थल लाश जाँच मुचुल्का गरी मृतकको लाश शव परीक्षणको लागी महाकाली अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भई रहेको र निज मृतकलाई देख्नु वा चिन्नु हुने व्यक्तीहरुले निजको घरमा, यस कार्यालयको कल फ्रि नम्बर १०० वा ९८५८७५२२०० र महाकाली अस्पतालमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
मृतक व्यक्ति अन्दाजी ४०/४२ को पुरुष, उचाई ५ फिट, मोटो शरिर, सेतो कालो धारी भएको, नाङ्गो अवस्थामा रहेको प्रहरी जनाएको छ भने
उल्लेखित मृत व्यक्तिका सम्बन्धमा सूचना प्रवाह गरीदिन हुन समेत सबैलाई अनुरोध गरीएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.