web analytics

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दिवानसिह विष्टद्वारा सहयोग सामग्री हस्तान्तरण

कञ्चनपुर, २० जेठ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दिवानसिंह बिष्टले बेलडाँडीको कोभिड अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेका छ्न ।
कोभिड १९ महामारी बिच पिडामा बाँचिरहेको कञ्चनपुरको बेल्डाँडी क्षेत्रको कोभिड अस्पताललाई नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद बिष्टले अस्पताललाई आवश्यक पर्ने बेड र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
पूर्व सांसद विष्ट्को पहलमा सहयोग सामाग्री हस्तान्तरण गरिएको यो दोस्रो पटक हो । यसअघि उनले गत जेठ ७ गते
बेलडाँडी गाउँपालिकालाई १ थान भेन्टीलेटर, २ थान पंखा र १ थान अक्सीजन अक्सीलिटर प्रदान गरेका थिए । कोरोना महामारी फैलिरहेको अवस्थालाई मध्येनजर गर्दै पूर्व सांसद बिष्टले कोरोना अस्पतालका लागि आवश्यक सामानहरु जुटाउदै हस्तान्तरण गर्ने कार्यमा सक्रियता साथ काम गरीरहेका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.