web analytics

पूर्व खानेपानी मन्त्री मगरको पहलमा अक्सिजन आपुर्तीका लागि २० लाख सहयोग

कञ्चनपुर/२० जेठ ।
पूर्व खानेपानी मन्त्री बीना मगरको पहलमा अक्सिजन आपुर्तीका लागि २० लाख सहयोग रकम प्राप्त भएको छ ।
कञ्चनपुर क्षेत्रनम्बर १ मा निर्माण भईरहेको अक्सिजन प्लाण्टको लागी आवश्यक अक्सिजन सिलिन्डर खरिदमा सो रकम प्रयोग गरीने जनाईएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य रहनुभएकी पूर्व खानेपानी मन्त्री मगरले स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तरगतको सांसद कोषको रकमलाइ रकमान्तर गरेर अक्सिजन आपुर्तीका लागि सहयोग गरेकी हुन ।
बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले बेलौरीमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेका छन । चारवटा पालिकाहरुको यहि योजनामा पूर्वमन्त्री मगरले सहयोग गर्ने भएकी हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.