web analytics

बाँसगढीमा भयानक सडक दुर्घटना, एक जना बालक गम्भिर घाईते!

जेठ२७

कृष्ण बहादुर बुढा

बर्दियाको बाँसगढीमा भयानक दुर्घटना भएको छ। कारले चार साइकल र एक मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो।

बर्दियाको मैनापोखरदेखि बाँसगढी आइरहेको बा २० च १६३३ नम्बरको कारले बाँसगढी नगरपालिका ५, प्रगतीनगरमा रोकिराखेका साइकल र मोटरसाइकललाई ठक्कर दिदा साईकल सवार दुईजना घाइते भएका छन। घाइते हुनेमा साइकलमा सवार आमा छोरा रहेको बुझिएको छ।

ईलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साइकलमा आमासँगै रहेको ६ वर्षीय गुुञ्जन बुढाथोकी गम्भीर घाइते भएका छन् । साईकल सवार आमा भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.