web analytics

स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा

काठमाडौं, ३ असार । इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा पुगेको हो ।

नकआउटमा पुग्ने पहिलो टोली बन्ने क्रममा इटालीले स्वीजरल्यान्डलाई ३-० ले हराएको हो । इटालीको जीतमा मानुएल लोकाटेलीले २ गोल गर्दा सिरो इमोबिलले १ गोल गरेका थिए ।

खेलको २६औं मिनेटमा लोकाटेलीले गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० ले अगाडि राखे । दोस्रो हाफको ५२औं मिनेटमा लोकाटेलीले नै गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

८९औं मिनेटमा इमोबिलले गोल गरेपछि इटालीको ३-० को जीत सुनिश्चित भयो र नकआउटमा पुग्ने पहिलो टोली बन्यो ।

२ खेलबाट ६ अंक भएको इटाली शीर्षमा रहँदा वेल्स दोस्रो र स्वीजरल्यान्ड तेस्रोमा छन्

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.